कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

निर्माणाधिन वेनी माझफाँट लेखफाँट मोटरबाटोको तीन किलोमिटर सडक निर्माण


तीन किलोमिटर कच्ची सडक निर्माण गर्न कति खर्च लाग्ला तर पर्वतको माझफाँट गाबिसलाई मुख्य सडक संजाल सँग जोड्न निर्माणाधिन वेनी माझफाँट लेखफाँट मोटरबाटोको तीन किलोमिटर सडक निर्माण गर्न एक करोड खर्च भएको छ । ठाडो चट्टानको भीर छिचोलेर सडक निर्माण गर्न थालिएकाले धेरै रकम खर्च भएको हो । वारीबेनीबाट माझफाँट पुर् याउन पाँच बर्ष पहिले देखि निर्माण शुरु गरिएको यो सडक अहिले रकम अभाबमा अलपत्र छ ।
जम्मा तीन किलोमिटर सडक निर्माणका लागि करोड खर्च भएपछि थप रकम जुटाउन नसक्दा खोलिएको ट्रयाकमा पनि सवारीका साधन चल्न सक्ने अबस्था छैन । मोटरबाटोको लागि पहिले संभाब्यता अध्ययन नगरी काम शुरु गर्दा कठिन भुगोल भएकाले धेरै रकम खर्च भएको बताएका छन ।
सडक निर्माणका लागि अहिले सम्म सडक बिभागले १५ लाख भन्दा बढी खर्च गरि सकेको छ भने जिल्ला बिकास समिति पर्वतले ३ लाख रुपैया छुट्टाएको छ । गाउँ बिकास समितिले १७ लाख ५० हजार रुपैया खर्च गरि सकेको छ । अझै ५० लाख रुपैया ऋण रहेको छ । सहकारी संस्थाबा बार्षिक १८ प्रतिशत ब्याज रकम तिर्ने गरी ऋण लिइएको सडक निर्माण समितिका अध्यक्ष मीनबहादुर क्षेत्रीले बताउनुभयो । ुगाउँलेका लालपुर्जा सहकारीमा राखेर ऋण लिएका छौ ु उहाँले भन्नुभयो ुबाटो पनि अधुरो छ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।ु
करिब ४ किलोमिटर लामो सडकको कालोपत्रे सहित निर्माण सम्पन्न गर्न ६ करोड ३४ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको निर्माण समितिका पुर्ब अध्यक्ष चन्द्रबहादुर जिसीले बताउनुभयो । ुरकम नहुँदा सडक पुरा गर्न सकिएको छैन ु उहाँले भन्नुभयो ।
यो सडकको अझै १ सय मिटर ट्रयाक खोल्न वाँकी छ । एकातिर सडक पुरा हुन सकेको छैन भने अर्को तिर सडक निर्माणका क्रममा खनिएको माटो बगेर आउँदा बर्षा याममा पानी पर्ना साथ मालढुंगा बेनी सडक महिनौ अबरुद्ध हुँदै आएको छ । सडक निर्माणमा खर्च भएजति नै रकम बाटो सफा गर्न खर्च हुँदै आएको प्रहरी चौकी वारीबेनीका प्रमुख क्षेत्रबहादुर बरुवालले बताउनुभयो ।
सडक निर्माणका लागि अहिलेसम्म विभिन्न योजना अन्तर्गत ३३ लाख रुपैंया छुट्टिसकेको छ । केन्द्रियस्तरमा वजेट अभाव तथा कडा चट्टानका कारण सडक निर्माणमा समस्या परेको माझफाँट गाविस सचिव तिलोचन अर्यालले जानकारी दिनुभयो ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत खनिएको माझफाटको मिलनचोकदेखि वाँसखर्क जोड्ने सडक निकै घुमाउरो भएपछि स्थानीयको पहलमा वेनी माझफाँट लेखफाँट मोटरवाटो निर्माण थालिएको हो । तर सडक निर्माणका क्रममा वजेट अभाव त छदैछ नै विनियोजन भएको रकम पनि पारदर्शी रुपमा खर्च नभएको गुनासो वढ्न थालेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com