कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वत जिल्लाको धाईरिङ्ग गाविसमा नेपाली कांग्रेस निकट विभिन्न संगठनहरु निर्माण


 पर्वत जिल्लाको धाईरिङ्ग गाविसमा नेपाली कांग्रेस निकट विभिन्न संगठनहरु निर्माण भएका छन् । धाईरिङ्गमा ९ सदस्यीय नेपाल किसान संघ ७ सदस्यीय नेपाल दलित संघ ११ सदस्यीय नेपाल महिला संघ ५ सदस्यीय भुपु शैनिक संघ ९ सदस्यीय नेपाल शिक्षक संघ नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका गाउँ ईकाई समिति गठन भएका हुन् ।
किसान संघको अध्यक्षमा जग्ान्नाथ आचार्य दलित संघमा रङ्गे बिक महिला संघमा शोभा आचार्य सैनिक संघमा नरहरी उपाध्याय शिक्षक संघमा मुकुन्द्रप्रसाद आचार्य तरुण दलमा निलकण्ठ आचार्य र नेपाल व्ािद्यार्थी संघका अध्यक्षमा भरत आचार्य रहनुभएको छ ।
नेपाली कांग्रेसको जनजागरण अभियान अन्तर्गत संगठन विस्तार गरिएको हो । भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गोविन्द पौडेल नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मोहन आचार्य पदमपाणी आचार्य निलकण्ठ आचार्य लक्ष्मी आचार्य इन्द्रप्रसाद आचार्य र रुद्रलाल उपाध्याय लगायतले बोल्नुभएको थियो ।
गाउँ ईकाई सभापति राजु आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत दुर्गादत्त सुवेदी र संचालन डण्डपाणी आचार्यले गर्नुभएको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com