हिमाली जिल्ला मुस्ताङको सदरमुकामका युवाहरुले पर्यटन बर्ष २०११ सफल पार्न आगामी शनिबार मोटरसाइकल र् याली गर्ने भएका छन् । र् यालीको ६० प्रतिशत तयारी पुरा भएको आयोजक जोमसोम युवा समुहका अध्यक्ष गणेश शेरचनले बताउनु भयो । सदरमुकाम जोमसोम स्थित काठेपुलबाट बिहान ८ बजे शुरुहुने मोटरसाइकल र् याली पोखरा पुगी फर्कने कार्यक्रम तय गरिएको भएपनि आर्थिक अभाबमा म्याग्दी जिल्लाको तातोपानी पुगी फर्कने बताइएको छ । र् यालीमा ५० भन्दा बढि मोटर साइकल प्रर्दशनि गरिनेछ ।
गत माघ १ गते मात्र स्थापना गरिएको जोमसोम युवा समुहले ब्यानर प्लेकार्ड सहित मुस्ताङमा धेरै आन्तरिक एव बाह्य पर्यटक भित्राउने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागेको समुहका सचिब दिनेश थकालीले बताउनु भयो । सचिब थकालीका अनुसार ूपर्यटन क्षेत्र बिकासको आधार आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको सत्कार लगायतका नारा तय गरिएको छ ।
समुहले स्थापना प्रत्येक शनिवार सदरमुकाम जोमसोम सरसफाई प्राकृतिक श्रोतहरुको संरक्षण पुराना घट्टहरुको संरक्षणका लागि कुलो मर्मत कालीगण्डकीलाई स्वच्छ राख्ने उद्धेश्यले कालीगण्डकी सरसफाई अभियान गदै आएको सचिब थकालीले बताउनुभयो ।
समुहले सदरमुकाम स्थित काठेपुलको दायाबाया दुर्घटना हुन नदिन तार जाली राख्ने कार्यलाई समेत अगाडि बढाएको सचिब थकालीले बताउनु भयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com