कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

शिवालयचोकमा रहेको प्रतिक्षालय वसको ठक्करवाट भत्कियो


 पर्वत जिल्लाको सदरमुकाम कुश्मावजार स्थित शिवालयचोकमा रहेको प्रतिक्षालय वसको ठक्करवाट भत्किएको छ । बा २ ख २७२७ नम्वरको वसले विहान ठक्कर दिँदा शहिद स्मृति प्रतिक्षालय क्षतिग्रस्त बनेको हो । विगत दुई वर्ष अगाडि एकीकृत नेकपा माआवादीको पहलमा लाखौ रुपैया खर्चेर बनाएको प्रतिक्षालय भत्किएपछि घामपानीमा यात्रुहरु बस्नलाई समस्या हुने बताइएको छ ।
गुडीराखेको बसको ब्रेकले काम नगरेपछि प्रतीक्षालयमा ठोकिएको प्रत्यक्षदर्शी केशबप्रसाद उपाध्यायले बताउनुभयो । भत्किएकेा प्रतिक्षालय पुर्ननिर्माण गरिदिन एकीकृत नेकपा माओवादीले माग गरेको छ ।
धौलागिरी वस व्यावसायी समितिको निगरानीमा वस धनीले पुर्ननिर्माण गरिदिने सहमति समेत भएको माओवादी जिल्ला सचिवालय सदस्य ढाकाराम गौतमले जनाकारी दिनुभयो । उक्त समयमा प्रतिक्षालयमा कोही यात्रुहरु नभएकाले मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com