कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कुस्मामा हुने धौलागिरी महोत्सबको व्यवस्थापनमा जुटे सशस्त्र प्रहरीका जवान


पर्वतको सदरमुकाम कुस्मावजारमा आयोजित धौलागिरी अचल स्तरीय तेस्रो पर्वत महोत्सव संचालन हुने दिन नजिकिदै जाँदा महोत्सवको तयारीका लागि चण्डिका सशस्त्र प्रहरी बलका २ सय भन्दा बढि प्रहरी जवानहरु महोत्सवको व्यवस्थापनमा जुटेका छन् । महोत्सव हुने स्थानको सरसफाई खेलकुद मैदानको निर्माण तथा दर्शक वस्ने ठाउँको व्यवस्थापनमा सशस्त्र प्रहरी नायव उपरीक्षक रामजी अधिकारीको नेतृत्वमा खटिएको टोली व्यवस्थापनामा लागेको हो ।
ुपर्वत प्रवद्र्धन हाम्रो दायित्वु भन्ने मुल नाराका साथ यहि फागुन १६ गतेदेखि २२ गतेसम्म संचालन हुने महोत्सवमा १ सय ५० स्टल निर्माण गरिएका छन् । १ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको महोत्सवमा १ लाख भन्दा वढि दर्शक भित्र्याउने लक्ष्य आयोजकले रोखेको छ ।
जिल्लामा रहेका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसार तथा लघु उद्यम व्यापार औद्योगिक तथा पर्यटन विकास कृषि लगायत जिल्ल्ााको चौतर्फी विकास गर्ने मुख्य उद्धेश्य रहेको महोत्सवलाई प्रभावकारी र परिणामुखि बनाउन व्यापक तयारीमा लागेको मुल संयोजक होमनारायण श्रेण्ठले बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com