आङ खस्ने समस्या भएका महिलाको निःशुल्क सल्यकृया गर्ने कार्यक्रम सरकारले अघि सारेपछि ग्रामिण क्षेत्रमा पनि सिविर सञ्चालन हुँदै आएको छ। तर सल्यक्रिया गराउनेको संख्या बढेसँग लापरबाही हुने गरेका खबर पनि सार्बजनिक हुन थालेका छन्। बिनायक हस्पिटल काठमाण्डौं र धौलागिरी अञ्चल अस्पताल बागलुङको संयुक्त आयोजनामा भएको १० दिने निःशुल्क पाठेघरको सल्यक्रिया शिविरमा यस्तै लापरबाही भएको गुनासो सार्बजनिक भएको हो। आङ खस्ने समस्या भएका विरामीलाई ठाउँको अभाव भएको भन्दै सल्यक्रियाको तेश्रो दिनदेखि चौरमा राखिएको विरामीले असन्तुष्टि जनाएका छन्।
विरामी राख्ने शैयाको अभाव भएको भन्दै ३ दिनमा नै डिस्चार्ज गर्न थालेपछि बिरामी मर्कामा परेका हुन्।
बिरामीले यस्तो गुनासो गरिरहँदा शिविरका संचालकले भने बिरामीलाई घाममा बस्न मात्रै चौरमा पठाएको प्रतिकृया दिए। सामान्यतया पाठेघरको शल्यक्रिया गरिएका बिरामीलाई पाँचदेखि १० दिनसम्म अस्पतालमा राख्ने गरिन्छ। तर सो सिविरमा भने स्थान अभावको कारण देखाउँदै तीन दिनमा नै डिस्चार्ज गरिएपछि मापद४८ड अनुसार नभएको भन्दै असन्तुष्टि सार्बजनिक भएको हो। शिविरमा ४ सय २३ महिलाको पाठेघरको सल्यकृया गरिएको थियो। शिविरमा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ १६० र गोरखाका २४ देखि ८६ वर्ष उमेर समुहका महिलाको पाठेघरको सल्यकृया गरिएको थियो।
No comments:
Post a Comment
kushmabajar.blogspot.com