गत शनिबार भएको भनिएको नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचनमा बागलुङमा पत्रकारहरुले आफुलाई एमाले माओवादी र कांगे्सका भातृ संगठनकोरुपमा प्रस्तुत गरेको कुरा सेलाउन नपाउदै निर्विरोध निर्वाचित घोषित एमाले माओवादी गठवन्धनको समिति र कांगे्रस समर्थक नेपाल प्रेस युनियन बागलुङबीच तनाव बढेको छ । पत्रकारको सामान्य मर्यादालाई पनि बिसे्रर एकले अर्कालाई तल्लोतहको लान्छना लगाउने काम आफुलाई पत्रकार भन्दापनि राजनैतिक दलका भातृसंगठनको हैसियतमा पत्रकारहरुबाट भएको छ ।
यसै सिलसिलामा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको कार्यालयमा आजदेखि अनिश्चितकालिन तालाबन्दी गरेको छ । महासङ्घको जिल्ला अधिवेशनमा आफ्ना सदस्यमाथि अमर्यादित व्यवहार गरिएको भन्दै युनियनले ताला लगाएको हो । अधिवेशनमा महासङ्घका अध्यक्ष हरीनारायण गौतमले युनियनका अध्यक्ष तथा महासङ्घका सदस्य सदस्य तथा पदाधिकारीहरु लगायतलाई बन्द शत्रमा चुकुल लगाएर हातपात गरेको भन्दै युनियनले खेद प्रकट गरेको छ । जबर्जस्ती एकलौटी रुपमा घोषणा गरेको निर्वाचन अवैधानिक भएको प्रेस युनियनले बताएको छ । तालावन्दी गर्दै नेपाल प्रेस युनिनका अध्यक्ष दिलिप पौडेलले स्वघोषित निर्वाचन रद्ध गर्नुपर्ने पत्रकारमाथि हातपात गर्नेले माफी माग्नुपर्ने र तथाकथित कार्वाहि तत्काल फिर्ता नगरेसम्म ताला नखोलिने बताउनुभयो । महासङ्घका सदस्य प्रकट कुमार शिशिर र साधारण सदस्य सुवास कँडेल र नरेश कंडेललाई गौतमले विना कारण केन्द्रीय समितिमा कारवाहीका लागि सिफारिस गरेको घटनाको पनि विरोध गरेको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको शनिवार भएको अधिवेशन अवैधानिक भएको भन्दै उजुरी समेत गरिएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com