कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

ठमेलक्षेत्रमा प्रहरीले छापा मारी एक सय तीनजनालाई पक्राउ


२ फ़ेब्रुअरी, २०११। ठमेलक्षेत्रमा सञ्चालित मसाज, स्पा तथा ब्युटीपार्लरमा सोमबार प्रहरीले छापा मारी एक सय तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८० महिला र २३ पुरुष छन् ।
मसाजका नाममा देहब्यापार हुने गरेको विशेष जानकारीका आधारमा छापामार्दा धेरैजसो मसाजबाट युवा युवतीलाई पक्राउ परेको महानगरीय प्रहरी नगरसेवाका प्रमुख अशोक सिंहले बताउनुभयो । उहाँले छापामार्ने क्रममा युवायुवतीलाई कोठाभित्र अश्लील कार्य गरिरहेको अवस्थामा पक्राउ गरेको दाबी गर्नुभयो ।
नेपाल मसाज ब्यवसायी सङ्घका अनुसार, ठमेल क्षेत्रमा मात्र एक सयवटा मसाज केन्द्र सञ्चालित छन् । तीमध्ये ४० वटा मसाजमा प्रहरीले छापा मारेको सङ्घले जनाएको छ । मसाज केन्द्रबाट पक्राउ पर्नेहरूमा सरकारी कर्मचारी, पर्यटन व्यवसायी, विद्यार्थी र सर्वसाधारणहरू रहेका छन् ।
पक्राउ पारेका सबैलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरी उनीहरूलाई कारबाही गर्ने जनाएको छ तर मसाज ब्यवसायी सङ्घका अध्यक्ष केवि लामाले देहब्यापार नहुने मसाज सेन्टरका कामदार महिलाहरूलाई समेत प्रहरीले पक्राउ गरेको आरोप लगाउनुभयो ।
उहांले देहब्यापार गर्ने र गराउने मसाज सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न चुनौती दिदैं सामान्य मसाज सेन्टरमा छापामारी प्रहरीले सर्वसाधारणलाई तर्साउने गरेको आरोप लगाउनुभयो । ठमेलका पर्यटन ब्यवसायीहरूले भने मसाजमा प्रहरीले छापामार्ने वहानामा पैसाका लागि बार्गेनिङ गरेको आरोप लगाएका छन् ।
पर्यटन ब्यवसायी अमर खड्का देहब्यापार गरेको आरोपमा प्रहरीले पटकपटक मसाज, ब्युटीपार्लर, होटल, डिस्को र डान्समा छापामारे पनि कारबाही नै नगरी सफाइ दिने गरेको गुनासो गर्नुहुन्छ । धेरै पटक छापामारे तर उपलब्धि भने शून्य । विकृतिमा समेत नियन्त्रण आउन नसकेको उहांले बताउनुभयो । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com