दमौलीमा सम्पन्न जातीय मुक्ति समाज तनहुँको पाँचौ जिल्ला सम्मेलनमा युवा सङ्घका नेतालाई बोल्न नदिएको भन्दै एमाले पार्टी कार्यालय तनहुँमा शनिबार खनाल र ओली पक्षबीच कुटाकुट भएको छ ।
ओली पक्षका जिल्ला अध्यक्ष केदार सिग्देल, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नगर कमिटी अध्यक्ष प्रदीप अधिकारीलगायतका कार्यकर्तामाथि खनाल पक्षधर युवा सङ्घका कार्यकर्ताले पार्टी कार्यालय परिसरमै कुटपिट गरेका हुन् । खनाल पक्षधर युवा सङ्घका कार्यकर्तालाई कारबाही गर्न ओली पक्षधर पार्टी जिल्ला नेतृत्वले पार्टी कार्यालयमा आयोजित सचिवालय समितिको बैठकबाट निर्णय गरेपछि विवाद पुनः उत्पन्न भएको हो।

No comments:
Post a Comment
kushmabajar.blogspot.com