कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सात बुँदेको पालना नभएमा गम्भिर दुर्घटना हुने चेतावनी


एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सात बुँदे सम्झौतालाई एमालेले आत्मसात गरेर पालना नगरेको आरोप लगाउनुभएको छ । उहाँले सात बुँदेको पालना नभएमा गम्भिर दुर्घटना हुने चेतावनी दिनुभएको छ ।
संसदको आजको बैठकमा धारणा राख्दै उपाध्यक्ष श्रेष्ठले सात बुँदे सम्झौता बृहत शान्ति संझौता विपरित नरहेको बताउनु भयो । सात बुँदे सहमति पालना नगरेकै कारण सरकारमा सहभागि नभएर बाहिर बसि सहयोग गर्ने परेको बताउनु भएका उहाँले सात बुँदे कार्यान्वयनका आधारमा सरकारको आयु रहने बताउनु भएको छ ।

उहाँले सरकार बनेको छ भनेर हेलचेक्राई भएमा त्यसले ठूलो दुर्घटना हुने चेतावनी दिनुभएको छ । उहाँले जनु जगमा सरकार बनेको छ त्यसलाई धोका नदिने समेत स्मरण गराउनुभएको छ । उहाँले भाषा परिर्वतनका नाममा सात बुँदेलाई परिर्वतन गर्न खोजीएमा मान्य नहुने बताउनु भयो ।
 उहाँले शिविरका लडाकु बिशेष समिति अन्र्तगत गर्दै जाने बताउदै समायोजन राज्यकै शुरक्षा निकायमा हुने बताउनु भयो । 

त्यसै गरेर उपाध्यक्ष श्रेष्ठले राष्ट्रियता विरोधी सहमतिको बिरोधी शान्ति र संविधान बिरोधीका विपक्षहरुका बिरुद्ध बामपन्थी धु्रविकरण हुने भन्दै बामपन्थी वा गैर वामपन्थीवीचको धु्रविकरण नहुने स्पष्ट पार्नुभएको छ ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com