गाउँमा केही गर्न भन्दा बिदेशमा गएर पसिना बगाउने लहर चलिरहेका बेला पर्वतका युवाहरु भने बाख्रापालन गरेर जीबिका चलाउने सोचमा रहेकाछन् । जिल्ला पशुसेवा कार्यालयबाट बेरोजगार युवाहरुको आय आर्जनमा बृद्धी गराउने उद्देश्यले संचालनमा ल्याएको ग्रामीण युवा स्वरोजगार कार्यक्रमको सहयोगमा उनीहरुले व्यवसायीक रुपमा बाख्रापालन शुरु गरेका हुन् ।
ग्रामीण स्तरमा रहेका वेरोजगार युवाहरुलाई आयआर्जन गरि आत्मनिर्भर गराउने उद्देश्यले शुरु गरिएको सो कार्यक्रमबाट पर्वत जिल्लामा गत बर्ष मात्र ५७ जनाले व्यवसायीक रुपमा बाख्रापालन शुरु गरेका हुन् । आर्थिक अभावमा केही गर्न नसक्ने युवाहरुलाई लक्षित गरेर शुरु गरिएको सो कार्यक्रमबाट युवाहरुले आफ्नो आर्थिक अवस्थालाई सुधार्न बाख्रापालन व्यवसाय शुरु गरेको बताउँछन् ।
रकमको अभावमा केही गर्न नसकेर बिदेश जाने सोच बनाएका पर्वत बाच्छ ३ का उत्तम परियारले अहिले २० वटा बाख्राबाट व्यवसाय शुरु गरेको र एक बर्षमा ५० बाख्रा पुर् याउने लक्ष्य रहेको बताउनुभयो । बिदेशमा जानुभन्दा यहिँ बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउन यो व्यवसाय शुरु गरेकॊ हुँ परियारले भन्नुभयो- यो व्यवसायबाट बार्षिक एकलाख सम्म आम्दानी गर्ने सोच बनाएको छु ।
सोही कार्यक्रम अन्तर्गत बाच्छा ५ की सीता बिकले पनि १४ वटा बाख्रा बाट यो व्यवसाय गरेर आर्थिक अवस्था सुधार्ने योजना बनाएको बताउनुभयो । ुअरुको घरमा ज्याला मजदुरी गर्न जानुभन्दा बाख्रा पालेर आत्मनिर्भर बन्ने सोच बनाएकी छु बिकले भन्नुभयो-अव यसैबाट घरखर्च चलाउने र छोराछोरी पढाउने बिचारमा छु ।ु बाख्रापालन व्यवसाय सजिलो र छिटो बिकि्र हुने भएकाले अरु व्यवसाय भन्दा यो व्यवसाय गर्ने सोचका साथ काम गरेको बाच्छा ४ का मुक्ति कोईरालाले बताउनुभयो । बिदेश गएर अरुको देशमा दुख गर्नु भन्दा यहिँ बसेर केही गर्ने सोच बनाएको कोइरालाको भनाई छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com