कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वत जिल्लाको चित्रे गाविसको गुरुङ्ग समुदायमा तमु समाज शुरु

 पर्वत जिल्लाको चित्रे गाविसको गुरुङ्ग समुदायमा तमु समाजले शुरु गरेको बहुृउद्देश्यीय सामुदायिक भवन निर्माण कार्य रकम अभाबमा शुरु हुन सकेको छैन ।
भवन बनाउन पर्याप्त रकम संकलन हुन नसकेकाले निर्माण शुरु हुन नसकेको हो । चित्रे गाबिसलाई पर्यटकीय गाउँ बनाउने गाउँमा आउने पाहुनालाई स्वागत गर्ने तथा गाउँमा सबै धार्मिक र सामाजिक कार्य सम्पन्न गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गर्न थालिएको थियो ।
चित्रे आमा समुह र तमु समाज चित्रेले भवन निर्माण कार्य शुरु गर्न लागेका हुन । भवन निर्माणका लागि जग्गा खरिद गरिएको छ तर भवन निर्माण कार्य भने शुरु हुन सकेको छैन । भवनका लागि प्रयाप्त रकम लाग्ने भएपनि जमिन खरिद र त्यसलाई डोजर लगाएर सम्माउने क्रममा अधिकाँश रकम सकिएको तमु समाज चित्रेले जनाएको छ ।
भवन निर्माणका लागि महिला र पुरुषले धेरै दिन श्रमदान पनि गरिसकेका छन् । तर चन्दा संकलन गर्ने क्रम रहेकाले भवन छिट्टै शुरु गर्ने योजना गरेकेा समाजका सचिब नारायणिसंह गुरुङ्गले बताउनुभयो । ुरकम संकलन गरेर छिट्टै भवन निर्माण गर्ने योजनामा छौ ु उहाले भन्नुभयो

No comments:

Post a Comment

kushmabajar.blogspot.com