माधव बराल, (कास्की), जंगलमा मृत अवस्थामा फेला परेकी एक महिलालाई उनकै प्रेमीले हत्या गरेको पुष्टी भएको छ। गत माघ २३ गते मृत अवस्थामा फेला परेकी ३१ बर्षिया माला गुरुङलाई उनकै प्रेमी प्रकाश सुनारले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
आफ्नै प्रेमीकालाई हत्या गर्ने काभ्रेपलांचोक पाँचसालका २२ बर्षिय सुनारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी यादवराज खनालले जानकारी दिए। सुनारले कास्कीको काहुँ गाविसको जयकोटी जंगलमा गुरुङको हत्या गरेका थिए।घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक रविन्द्र गुरुङका अनुसार पक्राउ परेका सुनारले गुरुङको हत्या गरेको स्वीकार गरिसकेका छन्। सुनारलाई पक्राउ गर्नुअघि प्रहरीले मालाको हत्याको अभियोगमा उनका श्रीमान टुकप्रसाद गुरुङलाई पक्राउ गरेको थियो।
सुनारले प्रहरीलाई दिएको बयान अनुसार विगत ४ बर्षदेखि पोखरामा ट्याक्सी चलाउदै आएका सुनारको ट्याक्सीमा दुई महिना अगाडि पोखराको रामबजारबाट महेन्द्रपुलसम्म आउने क्रममा उनीहरुबीच चिनजान भएको थियो। सोही दिन मोवाईल नम्बर साटासाट भएपछि उनीहरुबीचमा फोन बार्ताले सम्वन्ध नजिकिदै जादाँ एक महिनापछि शारीरिक सम्पर्क समेत भएको सुनारले प्रहरीलाइ बताएका छन्। एक छोरीका बाबु सुनारले आफ्नो विहे भएको गुरुङलाई बताएपनि उनले विहे नभएको बताएकी थिईन।
सम्वन्ध नजिकिदै जादाँ माघ २२ गते पोखराको माटेपानी रहेको गुम्बामा नजिकै घुम्म गएका उनीहरुबीच फेरी शारीरिक सम्वन्ध भएको वयानमा सुनारले बताए। शारीरिक सम्वन्ध भएपछि मालाले सुनारलाई आफ्नो पनि बिहे भएको बताएकी थिईन। पहिले बिहे नभएको बताएकी मालाले त्यस्तो कुरा गरेपछि एक्कासी आवेश आएका सुनारले उनलाई आखाँ चिम्ल म तिमिलाई के दिन्छु भनेर आखाँ चिम्लन लगाएर मालाकै सलले घाँटीमा पासो लगाएर हत्या गरेको प्रहरीलाई बताएका थिए।
प्रहरीले मोवाईल फोन कल डिटेल बाट उनलाई पक्राउ गर्न सफल भएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिए। ९ बर्षिय छोराकी आमा मालाको माईती लेखनाथ र घर स्याङजाको कालिकाकोट भएको प्रहरीले बताएको छ। प्रहरीले दिएको जानकारी अनुसार विगत ५/६ बर्षदेखि उनको श्रीमानसँग राम्रो सम्वन्ध नभएको बुझिएको छ। घाँटीमा सल बेरेको अवस्थामा मालाको शव भटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले सुनारको म्याद थप गरी अनुसन्धान बढाएको छ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com