कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

भान्जाद्वारा मामालाई चक्कु प्रहार गरी हत्या

 विबाहामा मदिरा सेवन गरी आपसमा विवाद हुँदा भान्जाद्वारा मामालाई चक्कु प्रहार गरी हत्या गरेका छन् । जिल्लाको खार गाविस–८ मा विहीबार राति चक्रसिंह ठगुन्नाले मामापर्ने खार गाविस–९ पारीमेलाका ४५ वर्षीय जयरामसिंह ठगुन्नालाई चक्कु प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय भक्तसिंह ठगुन्नाको विहाको निम्तोमा गाउँलेहरु भेला भएका थिए। निम्तो मान्न चक्रसिंह र जयराम पनि उपस्थित थिए। मदिरा सेवन गरी रमाइलो गर्ने क्रममा दुवै जनावीच विवाद भएको स्थानियले बताए ।

स्थानीय खार प्रहरी चौकीबाट सुरक्षाकर्मी घट्नास्थल पुगे पनि घट्नामा संलग्नलाई नियन्त्रणमा लिन सकेनन। चक्कु प्रहार गर्ने चक्रसिंह तथा घट्नामा संलग्न रहेको आशंकामा खार–८ का वीरेन्द्रसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना तथा नारायण धामीलाई प्रहरीले पक्राउ गरेको छ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com