कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

संविधानमा दशनामीहरुका हक अधिकार सुनिश्चित गर्नुपर्ने- केशर गिरी

 दशनामी समाजका केन्द्रीय अध्यक्ष केशर गिरीले आगामी संविधानमा दशनामीहरुका हक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । दशनामी समाज पर्वतको प्रथम जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै गिरीले अलिहेसम्म सन्यासी थर भित्र पर्नेहरु दशनामीहरुको जातिय पहिचान हुन नसकेको बताउँदै उनीहरुलाई अल्यसंख्यकको सूचीमा समावेश गर्नुपर्ने बताउनुभयो । हरेक जातीले आ-आफनो अस्तित्व खोजीरहेका बेला आफुहरु पनि अभियानमा लागेको गिरीले बताउनुभयो ।
कार्यक्रममा दशनामी समाजका केन्द्रीय उपाध्यक्ष केशवराज पुरी क्षेत्रीय संयोजक तारा गिरी क्षेत्रीय सह-कोषाध्यक्ष शान्ता गिरी क्षेत्रीय सदस्य चिन्तु गिरी समाजसेवी पदम गिरी क्षेत्रीय उपाध्यक्ष इशवर गिरी क्षेत्रीय सल्लाहाकार गोविन्द पहाडी प्राकृतिक योग चिकित्सक लक्ष्मण पुरी लगायतले बोल्नुभएको थियो ।
वक्ताहरुले राज्यका हरेक निकायमा अन्य सरह दश नामीहरुलाई पनि समान सहभागिता गराउन माग गरेका थिए । अहिलेसम्म राज्यको नीति निर्माणदेखि कार्यान्वयन तहसम्मका कुनै पनि छनोट मनोनयन र नियुक्तिहरुमा दशनामी सन्यासीको समानुपातीक प्रतिनिधित्व नगराएको भन्दै रोजगारीको अवसरहरुमा समेत पहुँच बृद्धि गर्न माग गरेका छन् । आफ्नो जातीय पहिचानको लागि संगठित बनेको दशनामी समाजले राज्यसँग आफ्ना हकअधिकार माग गर्नका लागि एकजुट भएर लागेको हो ।
जिल्लाभरका दशनामीहरुको सहभागिता रहेको भेलाले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । दश नामी अन्तर्गत सन्यासी अन्तर्गत गिरी पुरी भारती बन पर्वत आश्रम आरण्य तिर्थ र सागर जातीहरु समावेश रहेका छन् ।
दशनामी समाज पर्वतका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सदस्य परशुराम पुरी र संचालन सचिव देवराज पुरीले गर्नुभएको थियो

No comments:

Post a Comment

kushmabajar.blogspot.com