कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जापानमा एक्कासी बढेको चिसोले रेष्टुरेन्ट ब्यवसायप्रति उदासिनता


अंग्रेजी नयाँ बर्षको रौनकताले बिश्राम लिंदै गर्दा जापानमा एक्कासी बढेको चिसोले जनजीवनमा परेको प्रत्यक्ष प्रभावहरु सतहमा देखिन थालेका छन् । अचानक आएको मौसमी परिवर्तनले मानव जीवनको स्वास्थ्यमा पर्ने असरका कारण रुघाखोकीजरो तथा इन्फ्लुएञ्जा जस्ता बिरामीहरु बढ्दै गईरहेका छन् । जापानको बढ्दो मौसमी ठण्डीसंगै ब्यापार ब्यवसायमा आएको मन्दीले अर्कोतिर गम्भीर चुनौती खडा गरेको अवस्था छ । केही बर्षअघिसम्म नेपालीहरुमा देखिएको रेष्टुरेन्ट ब्यवसायप्रतिको आकर्षण अब ह्वाट्टै घटेको छ ।
जापानमा लगभग हरेकजसो रेलस्टेशन क्षेत्रमा खुलेका नेपालीका रेष्टुरेन्टहरुमा ब्यापार घट्दै गईरहेको अवस्था छ । प्रायःजसो रेष्टुरेन्टहरुको ब्यापारमा आएको ह्रासका कारण यतिखेर ब्यवसायीहरुलाई सोंच्न बाध्य बनाएको छ । फलस्वरुप ब्यवसायीहरु अहिले चालु अवस्थाका रेष्टुरेन्टहरु बिक्रि गर्नेतर्फ उन्मुख देखिन थालेका छन् । आफुले चलाईरहेको रेष्टुरेन्ट बिक्रि गरेर अरु नै नयाँ नयाँ ब्यवसाय गर्नतिर पनि नेपालीहरु अग्रसर देखिन थालेका छन् । उसो त नयाँ खुल्ने क्रम पनि पुरै बन्द भएको भने छैन तथापि बिगतका तुलनमा नेपालीहरुमा अब रेष्टुरेन्ट ब्यवसायप्रति नजानिदो उदासिनता छाउँदै गएको मान्न सकिन्छ ।
बिश्व लगायत जापानको अर्थतन्त्रमा आएको आर्थिक मन्दीका कारण उत्पन्न ब्यवसायिक संकटमा तुरुन्तै सुधार आउने संकेतहरु अझै देखा परेका छैनन् । त्यसैले नयाँ ब्यवसाय शुरु गर्नुभन्दा पहिले राम्रोसंग अध्ययन र बिचार गरेर शुरु गरिनुपर्ने यहाँका भुक्तभोगीहरु बताउँछन् ।
ज्यादै कम प्रतिशतलाई छोडेर जापानमा स्वरोजगारी बन्नका लागि र आफ़नो र परिवारको भिसाको समस्या हल गर्नका लागि पनि रेष्टुरेन्ट ब्यवसाय अंगाल्ने गरेको पाईन्छ । तर अबको स्थिति त्यस्तो नरहेको र थप असहज बन्दै गईरहेको परिप्रेक्ष्यमा जापानमा रहेका समस्त ब्यवसायीहरु संगठित हुँदै ब्यवसायिक उन्नतिका लागि सामूहिकरुपले सोंच्नुपर्ने बेला आएको छ । एक्लै होइन सामूहिक प्रगतिका लागि सहकार्य र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ

No comments:

Post a Comment

kushmabajar.blogspot.com