कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

हावाहुरीले ८ वटा कोठा र शिक्षकहरुको भान्सा उडाएपछि विद्यालय बन्द

लमजुङमा बुधवार विहानीपख चलेको हावाहुरीले तीनवटा विद्यालयको छानो उडाएको छ । पर्ूर्वी लमजुङको बन्सार गाउँ विकास समिति स्थित टाप गाउँमा रहेको बीरेन्द्रशीला प्राथामिक विद्यालयलाई हावाहुरीले उडाएको हो । हावाहुरीले स्थानीय गौते विक र गाईने विकको २ वटा आरान समेत उडाएको छ । हावाहुरीले ८ वटा कोठा र शिक्षकहरुको भान्सा उडाएपछि विद्यालय बन्द गरिएको विद्यालयकी शिक्षिका सरस्वति गुरुङले जानकारी दिएकीछन् । 

हावाहुरीका कारण विद्युतका तारहरु जेल्ठिएपछि टाप लघु जलविद्युत आयोजना पनि बन्द भएको छ । त्यस्तै, हावाहुरी हुँदा आगो सल्किएर स्थानीय बिर्दसिंह गुरुङको धन्सार पनि जलेको छ ।

त्यस्तै, पाचोक स्थित मनहरी प्राविको छानो हावाहुरीले उडाएपछि एउटै कोठामा दर्ुइओटा कक्षा संचालन गरिएको छ । विद्यालयको तिनकोठे भवन र दर्ुइकोठे पुरानो भवनमा समेत हावाहुरीले क्षति पुर्‍याएको विद्यालयका प्रध्यानाध्यापक मैतराज गुरुङले जानकारी दिएकाछन् । भवनको टिन उडाउनुका साथै भवनको पर्खाल समेत भत्काएको छ । पाचोक गाविसको आर्थिक सहयोग र स्थानिय जनश्रमदानबाट २०५५ सालमा बने सो भवनमा हावाहुरीले क्षति पुर्‍याएको बारे जिल्ला शिक्षा कार्यालयमा जानकारी गर्राईसकेको समेत प्रध्यानाध्यापक गुरुङले बताए । तर जिल्ला शिक्षा कार्यालयमा विध्ाालय भवन निर्माणको लागी अहिले बजेट नभएकाले जिल्ला विकास समितिमा निवेदन दिन आग्रह गरेको उनले वताए । यसैगरि, घनपोखरा गाविसको वडा नम्बर ९ नाँयूमा रहेको ग्रामकल्याण निमाविको ११ कोठे भवन मध्ये पाँच वटा कोठाको भवनको छानो पनि हावाहुरीले उडाएको छ । बुधवार विहानीपखतिर आएको हावाहुरीले छानो उडाएको विद्यालयका प्रध्यानाध्यापक र्सवानन्द घिमिरेले जानकारी दिए । विद्यालयको छानो सँगै स्थानिय आमा समुहले निर्माण गरेको शौचालय, स्थानिय कुमारी गुरुङ लगायत घनपोखरा गाविस वडा नम्बर २, ३ र ९ मा हावाहुरीले क्षति पुर्‍याएको छ । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com