एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले बाध्य भएर एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन गरेको बताउनुभएको छ। प्रगतिशिल प्राविधिक विद्यार्थी संगठनको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन काठमाडौं विश्वबिद्यालय धुलिखेल पुगेका भट्टराईले प्रतिगामी शक्तिका कारण माओवादी नेतृत्वमा सरकार बन्न नसकेपछि बाध्य भएर खनालाई समर्थन गरेको स्पष्ट पार्नुभयो। नजिकको विचार मिल्ने शक्तिका कारण एमालेलाई समर्थन गरेको उहाँको भनाई थियो।
छोटो समय मात्रै राजनीतिक भाषण गर्नुभएका डा.भट्टराईले राजतन्त्र हटाएपछि गणतान्त्रिक संस्कार निर्माण गर्न नसकेको स्वीकार गर्नुभयो। उहाँले अहिलेको शिक्षा विभेदकारी भएकाले निजी क्षेत्रबाट दिइने शिक्षा अन्त्य हुनुपर्ने समेत बताउनुभयो। माओवादी निकट शिक्षक संगठनले निजी विद्यालयको अन्त्य गर्ने घोषणा गरे पनि माओवादीको यसबारे आधिकारिक धारणा नआईरहेको बेला भट्टराईले यस्तो भनाई सार्बजनिक भएको हो।
No comments:
Post a Comment
kushmabajar.blogspot.com