पर्वतको हुवास बजारमा सञ्चालित पैँयु महोत्सवमा मदिरा सेवन गरेर झगडा गर्ने पाँच युवालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम कुश्मा बजारबाट एक दिनको पैदल दुरीमा रहेको हुवास बजारमा शनिबार राति मदिरा सेवन गरेर महोत्सव हेर्न आएका सर्बसाधरणमाथि कुटपिट गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा त्रिवेणि गाविसका मिशन गुरुङ, जीवन थापा, किसान सुनार, हुवासका विष्णु भुर्तेल र स्याङजा डुम्रेका दीपक गुरुङ रहेको प्रहरीले जनाएको छ । उनका अनुसार पक्राउ परेका पाँचै जना युवामाथि सार्वजनिक अपराधमा मुद्दा चलाईएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com