सरकार गठनमा महत्वपूर्ण भुमिका निर्बाह गरेको एकीकृत नेकपा माओवादीले ११ मन्त्रालय पाउने भएको छ । माओवादीलाई गृह, परराष्ट्र, स्थानीय विकास, शान्ति, भौतिक योजना तथा निर्माणलगायत मन्त्रालय दिन एमाले सहमत भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री झलनाथ खनालबीच आज विहान बालुवाटारमा भएको भेटमा ११ मन्त्रालय माओवादीले र ८ मन्त्रालय एमालेले लिने सहमति भएको हो । २६ मन्त्रालयमध्ये बाँकी मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी नेपाललगायत अन्य दलका लागि छुट्टाइएको छ ।
कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन आज विहान पोखरा प्रस्थान गरेका अध्यक्ष दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्य बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री खनाल र उपप्रधानमन्त्री भरतमोहन अधिकारी सहभागी रहेका थिए। करिब १० मिनेटसम्म भएको भेटवार्तामा भोली मन्त्रिपरिषद विस्तार गर्ने सहमतिसमेत भएको जनाइएको छ । भेटमा माओवादी नेताहरुले सात बुँदे सहमति कार्यान्वयनप्रति एमाले भित्रको असन्तुष्टिबारे चासो राखेका थिए
No comments:
Post a Comment
kushmabajar.blogspot.com