नेपाल पत्रकार महासंघ तनहँुको यही फागुन ७ गते दमौलीमा हुने जिल्ला अधिवेशनमा प्रेस चौतारी नेपालले चौतारीका पर्ुव केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेललाई अध्यक्षमा उमेद्वार बनाउने निर्ण्र्ाागरेको छ । चौतारीको मंगलबार सम्पन्न विशेष भेलालले पौडेललाई महासंघको निर्वाचनमा अध्यक्ष पदमा उमेद्वार बनाउने निर्ण्र्ाागरेको हो । पौडेल लोकवाणी दैनिकका सम्पादक समेत हुन् । बैठकले पत्रकार महासंघको नेतृत्वलाई सहमतिको आधारमा चयन गर्न सबै संगठन र पत्रकारहरु वीच छलफल प्रक्रिया अगाडि बढाउने र सहमतिको पहल गर्न सबैलाई आहृवान गर्ने निर्ण्र्ाागरेको छ । साथै बैठकले सहमतिको लागि आवश्यक पहल, छलफल र समन्वय गर्न प्रेस चौतारीका पर्ुव केन्द्रीय सल्लाहकार एवं अग्रज पत्रकार विश्वबन्धु भण्डारीको संयोजकत्वमा समन्वय समिति गठन गर्ने निर्ण्र्ाागरेको छ । समितिको सदस्यमा चौतारीका जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टर्राई र पर्ुव अध्यक्ष त्रिभुवन श्रेष्ठ रहेका छन् । सो समितिले महासंघको नेतृत्व सहमतिको आधारमा चयन गर्न सबैसँग वार्ता र छलफलको प्रक्रियालाई अगाडि बढाउने निर्ण्र्ाागरेको छ । यस अघि नेपाल प्रेस युनियनले पर्ुव अध्यक्ष ऋषिराम पोख्रेललाई अध्यक्षमा उमेद्वार बनाउने निर्ण्र्ाागरेको र्सार्वजनिक भईसकेको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com