कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मजदुरको तलब भत्तामा बृद्धि, दुईदिनदेखि बन्द उद्योग सञ्चालनमा


उद्योगी व्यवसायीले मजदुरहरुले उठाउँदै आएको मागलाई सम्बोधन गरेपछि पोखरा औद्योगिक क्षेत्रभित्रका दुई दिन बन्द उद्योगहरु बुधबारदेखि सञ्चालनमा आएका छन् । अखिल नेपाल औद्योगिक मजदुर संघले बढ्दै गएको महंगी अनुरुप तलब सुविधामा बृद्धि हुनुपर्ने माग राख्दै सोमबारदेखि औद्योगिक क्षेत्रभित्रका सम्पुर्ण उद्योगहरुको काम काज ठप्प पारेका थिए । मंगलबार राती एक बजे मजदुर संघका पदाधिकारी, उद्योगी व्यवसायी, पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्यका पदाधिकारीको उपस्थितिमा सहमति भएपछि उद्योगधन्दा बुधबारदेखि यथावत रुपमा सञ्चालनमा आएका हुन् ।
संघका अध्यक्ष भोजराज खत्री, उपाध्यक्ष लोकबहादुर भुजेल, सचिव लालप्रसाद न्यौपाने तथा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष विन्दुकुमार थापा तथा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीहरु बार्तामा बसेका थिए । ‘महंगी भत्ता अनुरुप पुस देखि लागु हुने गरी १ हजार ५ सय रुपियाँ तलब भत्ता बृद्धिहुने सहमति भएपछि कामका फर्किएका हौं ।’ अखिल नेपाल औद्योगिक मजदुर सघका सचिव लालप्रसाद न्यौपानले भन्नुभयो-’चौथो पटकको प्रयासमा उद्योग व्यवसायीहरुले भत्ता बृद्धि गर्ने सहमति गरेका हुन् ।’ उहाँका अनुसार मजदुरको महंगी भत्ता बढाउन उद्योग व्यवसायीसित पटक पटक माग राख्दै आएपनि सुनुवाई हुन सकेको थिएन् । अस्थायी र स्थायी मजदुरलाई महंगी भत्ता समान रुपमा १ हजार ५ सय रुपियाँ दिने सहमति भएको उहाँले जानकारी दिनुभयो । मजदुरहरुले साउनबाटै महंगी भत्ता स्वरुप तीन हजार रुपियाँ बढाउनुपर्ने माग गर्दै आएका थिए । दुध डेरीको लागि भने बेलुका ७ बजे देखि विहान ५ बजेसम्म काम गर्दै आएका थिए । आन्दोलनलाई नेपाल कारखाना श्रमिक संघले समेत एकेबद्धता जनाएको थियो । दुई दिन उद्योग बन्द हुदाँ लाखौ रुपियाँ घाटा भएको उद्योगी व्यवसायीहरु बताउँछन् । २०३२ सालमा स्थापित औद्योगिक क्षेत्र ५ सय १ रोपनी क्षेत्रफलमा फैलिएको छ । ओद्यौगिक क्षेत्रमा करीब ७२ वटा उद्योगहरु छन् । ती मध्ये ५२ वटा उद्योग मात्रै सञ्चालित छन् । केही उद्योग निर्माणाधिन छन् । बन्द भएका एक दर्जन उद्योगहरु विस्थापित नहुदाँ नयाँ उद्योगहरुले स्थान पाउन सकेका छैनन् । उद्योगमा करीब २ हजार ५ सय मजदुहरुले काम गर्दै आएका छन् 

No comments:

Post a Comment

kushmabajar.blogspot.com