कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु


रुपन्देहीको शंकरनगरमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ । रुपन्देही शंकरनगर ५ की ४३बर्षीय दानकुमारी केसीले अत्यधिक मदिरा सेवन गरी दुःख दिएको भन्दै ५६ वर्षीय आफ्ना श्रीमान खड्क बहादुर केसीलाई कुटपिट गरेपछी श्रीमान खड्कको मृत्यु भएको हो । 
दैनिकजसो मदिरा सेवन गरी पति खड्कबहादुरले दुःख दिएकाले दाउराले कुटदा मृत्यु भएको पत्नी दानकुमारीले स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।प्रहरीले श्रीमानको हत्याको अभियोगमा दानकुमारीलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
 अस्ति बुधवार दिउँसो अवेर मदिरा सेवन गरी घर आएका खड्कबहादुरले झगडा गर्न थालेपछि श्रीमती दानकुमारीले दाउरा उठाएर खुट्टामा हानेको बयान प्रहरी समक्ष दिएकी छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com