विशेष अदालतले मागेको ६ करोड धरौटी बुझाउन नसकेपछि नेपाल वायुसेवा निगमका निलम्वित कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारजेल चलान गरिएको छ।
अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरु न्यायाधीश ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासमा आइतबार भएको थुनछेक बहसका क्रममा अदालतले उक्त रकम धरौटी माग गरेको थियो। विशेष अदालतले विमान खरिदमा अनियमितता गरेको ठहर गर्दै आइतबार निगम अध्यक्ष कंसाकारसँग ६ करोड धरौटी माग गरिएको हो।
दुई वटा नयाँ विमान खरिद गर्न सञ्चालक समितिको स्वीकृति र सहमति विना नै एयर बस कम्पनीलाई करिव ५ करोड ७३ लाख दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकार सहितका ६ नाम विरुद्ध पुष ९ गते मुद्दा दायर गरेको थियो ।
कंसकार बाहेक अन्य धरौटीमा रिहा भई सकेका छन्।
No comments:
Post a Comment
kushmabajar.blogspot.com