आम नागरिकको अपेक्षा अनुसार शैक्षिक गुणस्तर बृद्धि गर्न राज्यले बिद्यालयमा शिक्षकको राहत कोटा नभई दरबन्दी दिनुपर्नेमा बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल शिक्षक संघ बागलुङको आज बागलुङमा सम्पन्न ११ औं जिल्ला प्रतिनिधि सभामा बोल्ने वक्ताहरुले राहत भनेको आपतमा परेकाका लागि भएको र नेपालको शैक्षिक अवस्था त्यस्तो नभएकाले दरबन्दी दिनुपर्ने बताएका थिए ।
नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष मोहन ज्ञवालीले बाढी पहिरोमा परेकालाई राहत दिने सरकारले शिक्षामा पनि राहत दिएर आफ्नै खिल्ली उडाएको बताउनुभयो ।
नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष मोहन ज्ञवालीले बाढी पहिरोमा परेकालाई राहत दिने सरकारले शिक्षामा पनि राहत दिएर आफ्नै खिल्ली उडाएको बताउनुभयो ।
उहाले राहतलाई दरबन्दीमा परिणत गर्न शिक्षक संघ बिगत देखी नै आन्दोलनमा र माग पुरा नभए सम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।
नेपाल शिक्षक संघ राष्ट्रिय उपाध्यक्ष एवं महिला विभाग प्रमुख इन्दिरा सापकोटाले जनताको करबाट भत्ता खाएर संविधान नलेखी नेताहरुले विद्यालयमा राजनीति गरेको आरोप लगाउदै आफुहरु त्यसको विरोधमा लाग्ने बताउनुयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति प्रकाश शर्मा पौडेल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य अजय मिलन श्रेष्ठ केन्द्रिय प्रतिनिधि इन्द्रराज शर्मा जगन्नाथ आचार्य नेपाल टे्रड युनियन काँग्रेस बागलुङका अध्यक्ष हरिप्रसाद कँडेल नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष केशवप्रसाद रेग्मी नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष गोपालकुमार शर्मा युनियनकै उपाध्यक्ष शकुन्तला शर्मा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष फणिन्द्र खड्का स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसका उपसभापति हिमाल के।सी। सेवा निवृत्त शिक्षकहरुको तर्फबाट गल्कोट उच्च माविका शिक्षक मोहनचन्द्र राजन लगायत बोल्नुभएको थियो ।
सभामा शिक्षक पेशाबाट निवृत्त भएका नेपाल शिक्षक संघमा आवद्ध भएका १९ जना रक्तदान गर्ने ४ जना एसएलसिमा सतप्रतिशत विद्यार्थी उर्तिण गराउन सफल गणेश मा।वि। नारायणस्थानकी प्रधानाध्यापिका सूर्वणकुमारी श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानु श्रीस शर्मा र साचालन सचिव सागर खरेलले गर्नुभएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com