प्रधानमन्त्री झलनाथ खनाल निवास बालुवाटारमा मंगलबार राति नेताहरूलाई पस्न नदिएको घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । गेटमा खटिएका प्रहरीको सोधपुछका कारण नेताहरू फर्केको खबर आएपछि यस्तो छानबिन थालिएको हो ।
प्रहरी प्रवक्ता नवराज ढकालले घटनामा कसको कमजोरी भयो भन्नेबारे छानबिन थालेको बताए ।
'लोडसेडिङको समय थियो, ३ नम्बर गेटनजिकै एउटा मात्रै बत्ती बलेको थियो, सोही मधुरो बत्तीको सहारामा गाडीमा को हुनुहुन्छ ? कसलाई भेट्न आएको ? समय लिएको छ कि छैन ? भनेर जिज्ञासा राख्दै गाडीभित्र नियाल्ने काम हुँदै थियो । त्यसमध्येका केहीले गाडीभित्र फलानो, नेताज्यूहरू हुनुहुँदो रहेछ, पठाउने कि नपठाउने भनेर भित्र सोध्ने काम हुँदै थियो,' बालुवाटार क्षेत्रको सुरक्षा जिम्मेवारी लिएका एक अधिकृतले घटनाबारे भने, 'त्यसै क्रममा गाडीभित्र बसेका नेताहरू हाम्रो गाडी गेटमा रोक्ने, हामीलाई भित्र जान नदिने ? भन्दै रिसाउँदै थिए, भित्र पठाएका सूचनाको जवाफ आएको थिएन त्यहीबीच उहाँहरू गाडी घुमाएर र्फकनुभयो । उहाँहरूको गाडी बढीमा एक मिनेट पनि रोकिएको थिएन ।'
नेताहरू फर्केको सूचना पाएलगत्तै प्रधानमन्त्री खनालसँगै बसेका घनश्याम भुसालले केपी ओलीलाई फोन सम्पर्क गरी र्फकन सम्झाएका थिए । तर नेताहरूले आफूहरू निकै टाढा पुगिसकेकाले नर्फकने बताएका थिए ।
तत्कालै बालुवाटारभित्रकै सुरक्षा हेर्ने र प्रधानमन्त्री खनालका सहयोगीहरूबीच बैठक बस्यो । बैठकमा भित्र पठाएको सूचनाको समयमै प्रतिउत्तर नपाएका
कारण नेताहरू फर्केको निष्कर्ष निकालियो । प्रधानमन्त्री निवासमा मुख्य रूपले सेनाको जिम्मेवारी हुन्छ भने त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान खटिन्छन् । मन्त्री विष्णु पौडेल, एमाले नेताहरू केपी ओली र शंकर पोख्रेललगायत नेताहरू बालुवाटार प्रवेश गर्ने क्रममा मंगलबार राति प्रहरीले भित्र पस्न नदिएको भन्दै फिर्ता भएका थिए

No comments:
Post a Comment
kushmabajar.blogspot.com