कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

दोस्रो विवाह गर्न जुटेका एक व्यक्ति विवाहको जग्गेबाटै पक्राउ

पहिलो पत्नि हुँदा हुँदै केटिपक्षलाइ ठगि दोस्रो विवाह गर्न जुटेका एक व्यक्ति विवाहको जग्गेबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम चुहानडाँडाका ३० बर्षिय कृष्णप्रसाद उप्रेती छन् । उप्रेतीलाई शनिश्चरे प्रहरीले झापा शनिश्चरेको प्रणामी मन्दिरबाट पक्राउ गरेको हो । इलाम लक्ष्मीपुर- ८ की २७ बर्षिया गीता अधिकारीसँग स्वयम्बर गर्न लाग्दा उनी पक्राउ परेको शनिश्चरे प्रहरीले जनाएको छ ।

गत जेठमा झापा गरामनी-१ की तुलसा उप्रेतीसँग वैवाहिक जीवनमा बाँधिएका उनी केटीपक्षलाई ठगी दोस्रो विवाह गर्ने तयारीमा थिए । प्रणामी मन्दिरमा गीता र उनको बीच स्वयम्वर हुँदै गर्दा तुलसाले प्रहरीको सहयोगमा विवाह रोकेकी छिन् ।

तुलसाले दोस्रो विवाह गर्न लागेको किटानी जाहेरी दिएपछि प्रहरी मन्दिरमा पुगेको थियो । शनिबार पक्राउ परेका उप्रेतीउपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले बताउनुभयो ।

उनलाई बहुविवाह ऐनअन्तर्गत कारबाही सुरु गरिएको प्रहरीको भनाइ छ 

No comments:

Post a Comment

kushmabajar.blogspot.com