पोखरामा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुईमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको चुवा गाविस ५ घर भएका १९ वर्षिय प्रकाश क्षेत्री हुन् ।
दुर्घटनामा घाइते भएका अर्का २२ वर्षीय सुजन केसीको पश्चिमाचल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । आइतबार राति पोखराबाट पर्वत जानेक्रममा उनीहरु सवार लु १० प ६१९ नम्बरको मोटरसाइकल पोखरा उपमहानगरपालिका वडानम्बर १ पुरानो टँुडिखेल हरिचोकमा सडक किनारको बिजुलीको पोलमा राति १२ बजे ठक्कर खादा उनीहरु घाइते भएका थिए ।
मोटरसाइकलको पछाडि बसेका क्षेत्रीको छाति र खुट्टामा गम्भीर चोट लागेकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
पर्वत सदरमुकाम कुस्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पस स्नातक तह प्रथम वर्षमा अध्ययरत् उनी युनाइटेट मोदी हाइड्रोपावरमा सुपरभाइजरको रुपमा हालै काम सुरु गरेका थिए । यता मोटरसाईकल चालक समेत रहेका घाइते सुजन केसी पर्वतस्थित शालिग्राम
एफएममा कार्यक्रम सन्चालक हुन् । उनी खतरामुक्त रहेको उपचारमा संलग्न
चिकित्सकले जनाएका छन् । गाउमा यही फागुन १३ गतेबाट संचालन हुन लागेको चुवा महोत्सवको लागि आवश्यक सामग्री किन्ने सिलसिलामा उनीहरु आइतबार पोखरा आएको जनाइएको छ । मृतक प्रकाश क्षेत्रीको शव मोष्टमार्टमपछि सोमबार पर्वत लगी अन्तिम दाहसंस्कार गरिएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com