एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संविधानको कामलाई किनारा लगाई भागबन्डाको किचलो झिकेर दलहरुले जग हँसाएको टिप्पणी गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघ नवलपरासीले शनिबार डण्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संबिधान जारी गर्ने समय तीन महिनामात्र बाँकी रहेकाले भागबन्डाको किचलो छाडेर संबिधान निर्माणमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
‘शान्ति र संविधान बनाउने विषयमा नलाग्ने हो भने सिंहदरबारमा फोटो टाँस्नेबाहेक केही काम हुँदैन’-भट्टराईले भन्नुभयो, ‘शान्ति र संबिधानकै लागि आफ्नो अधिकार हुँदा हुँदा एमालेलाई समर्थन गरेका हौं ।’ सात बुँदे सम्झौताप्रति किचलो गरेर एमालेले राजनीतिक बेइमानी गरेको भन्दै भट्टराईले त्यसमा स्पष्ट धारणा बनाएर संबिधान निर्माणका लागि अघि बढ्न एमालेलाई आह्वान गर्नुभयो ।
‘यो सरकारको विकल्पमा सोचेका छैन, सरकारलाई समर्थन गरे पनि सरकारको स्पष्ट एजेन्डा नआउँदासम्म सरकारमा सहभागी हुदैँनौं’-भट्टराईले भन्नुभयो । शान्ति र संविधान निर्माणबाहेक अन्य काम महत्वपूर्ण नभएकाले जनताको बलिदानलाई संस्थागत संविधान निर्माण आवश्यक भएको बताउँदै उहाँले जेठ १४ मा संविधान बन्नेमा आशावादी हुनुको अन्य विकल्प नभएको बताउनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com