महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुखलाई आफ्नै सुरक्षागार्डले गोली प्रहार गरेका छन् । महाशाखाका एसएसपी रणबहादुर चन्द उहाँकै सुरक्षागार्ड कर्णबहादुर साउदले दुई राउण्ड गोली प्रहार गरेका थिए तर चन्दलाई गोली लागेन ।
आफ्नै डेरामा सुरक्षागार्ड साउदले गोली हानेका थिए । सुरक्षागार्ड साउदले गोली चलाउन थालेपछि एसएसपी चन्द गोली छल्दै अर्को कोठामा गएर चुकुल लगाएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । सुरक्षागार्ड साउद चन्द डिएसपी हुँदादेखि नै सुरक्षागार्ड थिए । मादक पदार्थ सेवन गरेर गोली चलाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com