दुर्गम गाउँमा रहेका महिलाहरुको शशक्तिकरणका लागि करिब ६० लाखको योजना संचालन हुने भएको छ । युरोपीयन कमीसनको ४९ हजार ८ सय ८० युरो सहयोग र स्थानीयस्तरको करिब १० लाख रुपैयाको लागतमा योजना संचालन गरिएको हो ।
ग्रामीण क्षेत्रमा रहेका महिलाका हक अधिकार सुनिश्चित गराई महिलाहरुको क्षमता दक्षता र आत्मनिर्भर बनाउने उद्धेश्यले आमा समुहको सवलीकरण अभियान अयोजना संचालन गरिएको हो । स्थानीय समाज कल्याण स्रोत विकास केन्द्र तथा सामुदायिक संोत तथा वातावरणीय विकास केन्द्र पर्वतको संयुक्त आयोजनामा दक्षिण क्षेत्रका पाँच दुर्गम गाविसमा आयोजना सुचारु भएको हो । रानीपानी शालिग्राम उराम बेउलीवास र होश्राङदीमा संचालन हुने भएको छ ।
उक्त क्षेत्रमा रहेका महिलाहको उत्थानका लागि साढे २ वर्षसम्म संचालन हुने योजनाले पाँच गाविसका ९ सय जना महिलाहरुलाई आत्मनिर्भरको बाटो तर्फ उन्मुख गराउने छ । उनीहरुलाई आयआर्जन क्षमता विकासका लागि तालिम तथा आफ्ना हकअधिकारका लागि बहस पैरवी गर्न सक्ने बनाइने छ । साथै पाँच गाविसमा ४५ वटा आमा समुह गठन गरेर महिलालाई आयआर्जनका कार्यमा लगाईने जनाइएको छ ।
महिलाका क्षेत्रमा राज्यवाट लागु भएका कार्यक्रम तल्लो स्तरसम्म संचालनका लागि एकजुट बनाइने जनाइएको छ । जिल्लाको दुर्गम गाउँमा रहका महिलाहरुलाई महिला तथा मानवअधिकारका बारेमा जानाकारी महिला क्षेत्रमा वर्तमान अवस्था राज्यवाट प्रवाह भएका कार्यक्रमहरु महिला अधिकारको सामुहिक संरक्षण सम्व्ाद्र्धन तथा समुहमा आवद्ध गराएर सचेतीकरण गर्ने को मुख्य उद्देश्य रहेको योजना प्रमुख टिकाराम भुषालले बताउनुभयो ।
कार्यक्रम लागु भएका गाविसमा महिलाका क्षेत्रमा अनिवार्य रुपमा २० प्रतिशत बजेट माग गर्दै विपन्न दलित तथा समुहमा पछाडि परेका महिलाहरुको हक हित र आयाआर्जतनर्फ लगाउने योजना प्रमुख टिकाराम भुषालले जानाकारी दिनुभयो । कार्यक्रमको अवधि साढे २ वर्षको भएपनि निरन्तर रुपमा लामो समयसम्म संचालन गर्नका लागि जनशक्ति तयार गरिएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com