कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादीले म्याग्दीको बेनीमा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण

एकिकृत नेकपा माओवादीले आजदेखि मगराँत राज्य समिति अन्तरगतका जिल्लामा कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार पहिलो दिन माओवादीले म्याग्दीको बेनीमा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गरेको छ ।
पोलीटब्युरो सदस्य तथा राज्य समिति ईन्चार्ज हेमन्तप्रकाश ओली केन्द्रिय सदस्य जोगबहादुर महरा र बाबुराम नेपालीले केन्द्रिय समितिले गरेका निर्णय एमालेसँग भएको सातबुँदे सम्झौता नयाँ सरकारमा पार्टीको भुमीका शान्ति प्रकि्रया र संबिधान निर्माणका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको छ ।
कार्यकर्ता प्रशिक्षणमा भाग लिन आउनुभएका पोलीटब्युरो सदस्य ओलीले एमाले र माओवादी बीच भएको सातबुँढे सम्झौता अनुसार गठन भएको झलनाथ खनाल नेतृत्वको सरकारलेनै नयाँ संबिधान जारी गर्ने र शान्ति प्रकि्रयालाई पनि निश्कर्षमा पुर् याउने बताउनुभयो ।
उहाँले एमालेभित्रकै केही नेताहरुले सहमती कार्यान्व्यन गर्न नदिएकाले मन्त्रिपरिषद् बिस्तार हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री खनाललाई सहमती सच्याउन दवाव आईरहेका बेला माओवादी नेताहरुले सहमती सच्याउनु भनेको सरकार बिघटन गराउनु भएको बताएका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com