कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

प्रधानमन्त्री झलनाथ खनाल १५ दिनमै असफल


मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री झलनाथ खनाल १५ दिनमै असफल भएको दाबी गरेका छन् ।
आफ्नै पार्टीको सरकार ढालेर प्रधानमन्त्री खनालले एमालेभित्र द्वन्द्व निम्त्याएर सरकारलाई पूर्णता दिन नसकेको आरोप उनले लगाए । सोमबार नवलपरासीको सेमरीस्थित आदर्श उच्च माविको ५० औ स्वर्ण महोत्सवमा बोल्दै गच्छदारले सरकारलाई पुर्णता दिन नसक्ने प्रधानमन्त्रीले कुनै पनि हालतमा मुलुकलाई शान्ति र संविधान दिन नसक्ने दाबी गरे । 'सात बुँदे सहमति गर्न कसले अधिकार दिएको थियो,' खनालप्रति प्रश्न गर्दै उनले भने, 'आलोपालो गरि सरकार चलाउने सहमति गर्ने अधिकार कसले दियो ।'
एउटा पार्टीको लडाकुलाई छुट्टै फोर्स गठन गर्ने सहमति मुलुक कब्जा गर्ने राष्ट्रघाती षड्यन्त्र भएको उनले बताए । 'हरेक पार्टीले सेना बनाउने र सरकारले छुट्टै फोर्स बनाउँदै जाने हो भने नेपालमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको के काम,' उनलको प्रश्न थियो । गच्छदारले माओवादी सेनाको फुट्टै फोर्स बनाए मधेसमा एक लाख भन्दा बढि सेना तयार गरिने बताए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com