पर्वत जिल्लाको तिलाहार गाविसमा संचालन भएको महायज्ञमा श्रद्धालुभक्तजनको घुइचो लागेको छ । स्थानीय नबजागृत बहुमुखि क्याम्पसको भौतीक तथा शैक्षिक सुधारका लागि आयोजित महायज्ञमा दान दिनेको घुइचो लागेको आयोजकले जनाएको छ । महायज्ञ संचालनको पहिलो दिन कास्की जिल्लाको सल्यान गाविस-९ का महेश्वर दबाडीले ५१ हजार १ सय ११ रुपैया दिएर पहिलो सभानायक बन्नुभएको थियो ।
दुई करोड संकलन गर्ने लक्ष्य लिईएको महायज्ञमा तेस्रो दिन सम्म ९५ लाख संकलन भएको छ । दुई हजार पाँच सय भन्दा बढि सर्वसाधाण शिक्षक तथा कर्मचारीहरु २ हजार ५ सय रुपैया तिरेर आयोजक बनेका छन् । अहिलेसम्म ३५ लाख नगद र अन्य रकम बोलकबल भएको बिद्यालयले जनाएको छ । बोलकबल भएको रकम महायज्ञ अवधिभर दिने सहमति समेत दानवीरहरुले गरेका छन् ।
अहिलेसम्म स्थानीय सिता लामिछानेवाट १ लाख ११ हजार १ सय ११ त्यस्तै ओमवहादुर विकवाट ७५ हजार दाजवहादुर खत्रीले ५० हजार गोविन्द लामिछानेवाट ५१ हजार भिमकुमारी शर्मावाट ४० हजार दामोदर पौडेल र तुलसी पौडेलको तर्फवाट ४० हजार रुपैया रकम प्राप्त भएको आयोजकले जनाएको छ ।
अन्य ४० हजार भन्दा कम दान दिनेहरुको संख्या उल्लेख्य रहेको आयोजकले जनाएको छ । स्थानीयस्तमै सुविधासम्पन्न शैक्षिक संस्था संचालनमा आउने भएपछि स्थानीयवासीहरुले खुलेर दान गरेको महायज्ञ संचालन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेले बताउनुभयो ।
विगत चार वर्षंदेखि संचालनमा आएको सो क्याम्प्ास अहिलेसम्म विद्यार्थी भर्ना र गाउँ बिकास समितिको आर्थिक सहयोगमा संचालन हुँदै आएको थियो । क्याम्पसमा प्राविधिक शिक्षा स्नातकोत्तर संचालन र भौतीक पूर्वाधार विकास गर्नको लागि महायज्ञ संचालन गरिएको मुल आयोजक समितिका संयोजक लामिछानेले जानकारी दिनुभयो ।
बाचन प्रविण पण्डीत दिनवन्धु पोख्रेलद्वारा प्रबचन गरिएको महायज्ञमा कास्कीका केही गाविसका साथै पर्वतका एक दर्जन भन्दा बढि गाविसका भक्तजनहरुको सहभागिता रहेको छ । उक्त क्याम्प्सबाट अहिले छिमेकी जिल्ला कास्कीका आधादर्जन र पर्वतका एकदर्जन गाविसका विद्यार्थीहरु लाभान्वित भएका छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com