कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादी निकट मजदुर संगठन आज देखि बिधिवत बिभाजीत

 एकीकृत नेकपा माओवादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ आज देखि बिधिवत बिभाजीत भएको छ । अध्यक्ष पुष्पकमल दाहाल समर्थक शालिकराम जमकट्टेल र उपाध्यक्ष मोहन बैद्य निकट उपाध्यक्ष बद्रि बजगाईवीचको टकरावका कारण मजदुर संगठन बिभाजन भएको हो ।

सस्थापन पक्षको व्यवहारका कारण बजगाई समूहले छुट्टै ट्रेडयूनियन गठन गरेको दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासघंमा नेतृत्व परिर्वतन नभएको विरोधमा रुष्ट मजदूरहरुले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको गठन गरेको जनाएका छन् । 


काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर महासघंका मजदुरहरुले सगंठनको नाम परिवर्तन गरेका हुनु । उनिहरुले बिभाजित मजदुर संगठन नयाँ सगंठनको रुपमा अगाडि बढने जानकारी गराएका छन् । 
सगंठनका संयोजक पदमा रहनु भएका बद्री प्रसाद बजगाईले मजदुर सगंठनमा शालिकरामको नेतृत्वलाई परीवर्तन गरि नयाँ नेतृत्वको चयन गर्नका लागि सगंठनको नाम परिवर्तन गरेर दबाब मुलक कार्यको सुरुवात गरेको बताउनु भयो । माओवादि भित्र पहिलो पटक समानान्तर सगंठन बनाएर अघि बढेको सन्देश दिंदै उहाँले शालिकराम पक्षले एक्लौटी रुपमा सगंठनमा शाशन गर्न खोजेको आरोप लगाउनु भयो । 

शालिकराम जमकट्टेल पक्षले आर्थिक नाकाबन्दि लगाएको र वैचारीक रुपमा आफ्नो अभिव्यक्ति समेत प्रस्तुत गर्न नदिएको  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंका संयोजक बद्रिप्रसाद बजगाईले बताउनु भयो । उहाँले सगंठनमा शालिकराम पक्षले सांगठनिक रुपमा कुनै पनि कार्य गर्न नदिएको समेत प्रष्ट पार्नु भयो ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com