धौलागिरी अचलको पर्यटन व्यापार तथा उद्योगको पवद्र्धनका गर्नका लागि पर्वतको कुस्मामा आयोजना गरिएको धौलागिरी अाचल स्तरिय तेस्रो पर्वत महोत्सवको दोस्रो दिन आज दर्शकहरुको भीड लाग्यो । महोत्सव अबलोकनका लागि गाउँ गाउँ देखि आउने दर्शकहरुको संख्या ह्वात्तै बढेको छ । १ लाख भन्दा बढि दर्शक तथा पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा दोस्रो दिनसम्म २५ हजार भन्दा बढिले महोत्सवको अबलोकन गरेको आयोजकले दावी गरेको छ । मंगलबार चर्चित लोक गायिका कोमल ओली लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपाने राजन ठकुरी नविन पौडेल माया गुरुङ्ग शिव सुवेदी रितु श्रेष्ठ लगायतका कलाकारहरुको बिबिध गित संगित प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी हास्य कलाकार शिवहरी बैरागी र देवीराम पराजुली लगायतले हास्य प्रहसन प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा १ सय ३० भन्दा बढि स्टल राखिएका छन् । जसमध्ये २५ वटा स्टल खाली रहेका छन् । विभिन्न व्यवसायी र उद्यमीहरुले बुकिङ्ग गरेपनि नआएको मुल संयोजक होमनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवका अवलोकनका लागि पर्वतका दर्जनौ गाविसका साथै छिमेकी जिल्ला बाग्लुङ्गको दक्षिण क्षेत्र र म्याग्दी तथा कास्कीका दर्शकहरुको सहभागिता रहेको थियो । स्टलहरुमा खासगरी ग्रामीण क्षेत्रमा भएका लघु उद्यमीका उत्पादन कृषि वित्तिय संस्था अटो मोवाइल विभिन्न कम्पनीका सामाग्री सुचना प्रविधि लगायतका स्टलहरु रहेका छन् ।
२२ गतेसम्म संचालन हुने महोत्सवमा २ करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।
महोत्सवका अवसरमा राष्ट्रिय स्तरको लोकदोहोरी धौलागिरी अन्चल स्तरीय नृत्य प्रतियोगिता भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि आयोजना गरिएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com