पर्वत उद्योग बाणिज्य संघ पर्वतको आयोजनामा महोत्सव अवलोकन गरौ पर्वत पर्यटनको प्रर्वद्धन गरौ भन्ने मुलनाराका साथ आयोजना गरिएको पर्वत महोत्सवको दोश्रो दिन आज लोकपि्रय एवं चर्चित गायिका कोमल ओलीको प्रस्तुतीले ततायो । सदरमुकाम कुस्मा बजारमा फागुन १६ देखि २२ गते सम्म हुने महोत्सवको पहिलो दिन उपस्थित गायिका ओली स्टेज छाडेर दर्शकको बिचबाटै आफ्ना प्रस्तुति दिएपछि दर्शकहरु उत्साहित भएका हुन । ओलीले कालो टोपी कालै छ कोटा धत्तेरिका शिवजी रहछौ बद्मास गोजीमा गांठ भएको जस्ता गीतहरु प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिले कुस्माबजारनै तताएको थियो । पुर्षोत्तम न्यौपाने नविन पोडेल र मेरी वासैका कलाकारहरुको प्रस्तुति समेत रहेको थिया् । महोत्सवमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सूचना प्रविधि बाल उद्यान हास्यव्यङ्ग कार्यक्रम र खेलकुद प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ । स्थानिय लघुउद्यमलाई प्राथमिकतामा राखिएको महोत्सवमा २ करोड बराबरको लघुउधमी सामान रहेको छ । महोत्सवमा १ सय ४० स्टल रहेका छन् । विविधताले भरिपुर्ण पर्वतजिल्लामा मनै लोभ्याउने पर्यटकियस्थलहरु पनि रहेका छन् । नेपालकै अग्लो झुलुङ्गेपुल गुप्तेश्वर गुफा अलपेश्वर गुफा कुश्माबजार नजिकै रहेकाले महोत्वसमा आर्कषणको केन्द्र बन्ने निश्चित रहेको छ । महोत्सवमा ३० लाख आय गरी २० लाख खर्चगर्ने र ८ लाख बचत गर्ने योजना रहेको छ । |
तपाई हाम्रो साझा समाज
पर्वत महोत्सवको दोश्रो दिन आज लोकपि्रय एवं चर्चित गायिका कोमल ओलीको प्रस्तुतीले ततायो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
kushmabajar.blogspot.com