आज हिन्दुहरुको महान चाड महाशिवरात्रि पर्ब धुमधाम संग मनाईदै छ | पर्बत जिल्ला को सदरमुकाम कुश्मा मा रहेको गुप्तेश्वोर गुफामा भक्तजन हरुको उल्लेखनीय भिड लागिरहेको छ | त्यस्तै गरि शिवालय मन्दिर मा पनि धेरै नै भक्तजन हरुको उपस्थित भैराखेको छ | त्यस्तै गरि कुश्माको मुटु मा रहेको सर्बेश्वोर सामुदायिक मन्दिर हल चोक मा शिव को आराधना गर्ने हरु को भिड लागिरहेको छ | कालिका भगबती मन्दिर, म्याग्दीको गलेश्वोर मन्दिर, बागलुङ नगरपालिका उपल्लाचौर स्थित श्री गौरीधाम शिव मन्दिरमा यति बेला भक्तजनहरुको ठुलो भीड लागेको छ । नगरपालिका क्षेत्र र जिल्लाका विभिन्न शिव मन्रिहरुमा देवादिदेव महादेवको पुजा अराधना गर्नेहरुको लाम लागेको छ । म्याग्दीको सदरमुकाम स्थित शिव मन्दिरमा पनि भक्तजनहरुको ठुलो भीड लागेको छ ।
आज आराध्यदेव भगवान शिवको पूजा अराधना गर्नाले दिव्यज्ञान प्राप्त भई सुख, शान्ति र समृद्धि पाइने जनविश्वास छ । शिवरात्रि पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे र्सवसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । पशुपतिनाथमा जाने भक्तजनहरुका लागि विभिन्न संघसंस्थाहरुले निःशुल्क भोजन, स्वास्थ्यसेवालगायतका सेवाहरु प्रदान गरिरहेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com