धौलागिरी अचलको पर्यटन उद्योग व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले फागुन १६ गतेदेखि पर्वतको सदरमुकाम कुस्माबजारमा संचालीत तेस्रो पर्वत महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको खुल्ला दाहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । सोमवार भएको फाइनल प्रतियोगितामा लोक दोहोरी गीत प्रतिष्ठान बागलुङले उपाधि हात पारेको छ । त्यसैगरी बागलुङ एफएम द्धितिय पर्वत लोक दोहारी गीत प्रतिष्ठान तृतिय र सान्त्वना संघर्षशील साँस्कृतिक समुह कास्कीले हात पारेको छ ।
प्रतियोगितामा प्रथम द्धितिय तृतिय र सान्त्वना स्थ्ाान हासिल गर्नेले क्रमश ३० हजार २० हजार १० हजार र ५ हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी धौलागिरी अन्चल स्तरीय नृत्य प्रतियोगितमा शिवालय नमुना उच्च मावि कुस्मा प्रथम पर्वत गुरुकुल एकेडेमी द्धितिय पुन युवा क्लव पर्वत तृतिय र सिसेफ कला केन्द्रले सान्त्वना स्थ्ाान हात पारेका छन् ।
मंगलवार समापन हुने महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहको छ । कलाकार प्रज्ाापती पराजुली पार्वती जिसी अर्जुन गैरे अन्जु पन्त चोलेन्द्र पौडेल शिव हमाल यामवहादुर क्षेत्री सरला पाण्डे लगायतका गायक गायिकाहरु र हास्य कलाकार सुरेन्द्र केसी तथा शिवशंकर रिजाल लगायतको प्रस्तुती रहेका छन् ।
महोत्सवको समापन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले गर्ने कार्यक्रम रहेको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com