गणेश पौडेल
एउटा केराको बोटमा कति कोसा केरा फल्छ होला । तर पर्वतको मुडिकुवाका कृषकले लगाएको केराको बोटमा ३४ सय कोसा केरा फलेको छ ।
मुडिकुवा गाबिसका मिठु तिवारीले लगाएको केराको एकै बोटमा यति धैरै कोसा केरा फलेको हो ।
कृषक तिवारीले २ वर्ष अगाडि पुर्वको झापाबाट ल्याएर सारेको केराले एकै बोटमा यतिधेरै कोसा फल दिएको हो । ३४ सय भन्दा धेरै कोसा लागेको केराको घरिनै करिब५ मिटर लामो रहेको छ । केराको घरीले यतिधेरै कोसा हालेको र बोट भन्दा लामो घरि भएपछि कृषक तिवारीले टेका लगाएर केराको घरि धानेका छन् ।
केराको घरि अहिले फेद तिरवाट पाक्न सुरु गरेको छ । करिव ६ महिना सम्म लगाएर बोटले फल पुरा गरेको कृषक तिवारीले बताए । अहिले तिवारीको केराको बोट हेर्न छिमेकी गाविसका कृषकहरु भिडभाड नै लागेर आउने गरेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com