पर्यटन तथा उद्योग व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले गत फागुन १६ गते देखी पर्वतको कुश्माबजारमा आयोजना गरिएको तेस्रो पर्वत महोत्सव आज सकिएको छ । महोत्सवमा एकिन हिसाव आउन बाकि रहेपनि २ लाख भन्दा बढीको कारोबार भएको पर्वत उद्योग बाणिज्य सघंका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको अन्तिम दिन आज राष्ट्रिय कलाकारहरु अाजु पन्त प्रजापति पराजुली याम क्षेत्री लगायतका कलाकारहरुले बिबिध गित संगित प्रस्तुत गर्नुभएको थियो ।
महोत्सवको अवसरमा आयोजित खुल्ला दोहोरी गीत प्रतियोगिताको यस बर्षको उपाधि राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान बाग्लुङ्ग खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको धौलागिरी समुहले हात पारेको थियो ।
समापन समारोहमा बिभिन्न प्रतियोगितामा पुरस्कृत भएका प्रतियोगिताहरुलाई नेपाल उद्योग बाणिज्य सघंका अध्यक्ष कुशकुमार जोशी र कृष्ण ताम्राकारले पुरस्कार बितरण गर्नुभएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com