कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सरकार परिवर्तन भइरहनाले नीजि क्षेत्रले थुप्रै चुनौतिहरु सामना गर्नुपरेको-कुसकुमार जोशी

पटकपटक सरकार परिवर्तन भइरहनाले नीजि क्षेत्रले थुप्रै चुनौतिहरु सामना गर्नुपरेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुसकुमार जोशीले बताएका छन् । मंगलबार बेनीमा आयोजना गरिएको पश्चिमान्चल क्षेत्रीय उद्योग वाणिज्य संघको वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा जोशीले उक्त कुरा बताएका हुन् । 
तीनवर्ष अगाडी भएको उद्योग बाणिज्य महासंघको नयाँ कार्यकाल यता स्वर्गीय गिरिजाप्रसाद कोइराला पुष्पकमल दाहाल माधवकुमार नेपाल हुँदै अहिले झलनाथ खनालसम्मको नेत्रृत्वले पनि नीजि क्षेत्रका समस्या सुन्ने वास्ता नगर्नाले नीजि क्षेत्र धरासायी बन्दै गइरहेको जोशीले बताए ।
नेपालमा निर्यातभन्दा आयात सात गुना रहेको र आगामी दिनमा यो दर थप बढ्ने अनुमान गरिएको बताउँदै उनले स्थीर सरकार नबन्दासम्म मुलुको विकास हुन नसक्ने कुरामा जोड दिए ।
दैनिक १६ घण्टासम्म भइरहेको लोडसेडिङ र १६ प्रतिशतसम्मको चर्को बैङ्क ब्याजदरका कारण उद्योग व्यवसायहरु टाट पल्टिने अवस्थामा मजदुरहरुले दश हजार रुपैयाँ मासिक तलवको माग गर्नु औचित्यहीन रहेकोले उनीहरुका सवै माग पुरा गर्न नसकिने उनको भनाई थियो ।
चर्को ब्याजदर सिन्डिकेट प्रणाली अस्थिर राजनैतिकले औद्योगिक क्षेत्र संकटतर्फ उन्मुख भइरहेको भन्दै उनले उद्योग व्यवसाय गर्ने वातावरणको अभावमा लगानीकर्ता पलायन हुन थालेकाले देशमा निर्यात घट्ने र आयात बढेर व्यापार असन्तुलनको समस्या सृजना हुन थालेकाले यसतर्फ सजग हुनुपर्नेमा समेत जोड दिए 

No comments:

Post a Comment

kushmabajar.blogspot.com