स्याङ्जाको बालिङबाट रत्नपुरका लागि छुटेको ग १ ज ४६५९ नम्बरको जिप केमुरे भन्ज्याङमा मंगलबार विहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयबासीले उद्धारकार्य जारी राखेका छन् । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com