एकीकृत नेकपा माओवादी म्याग्दीका सेक्रेटरी लालु किसान लगायत ९ जना विरुद्ध जिल्ला अदालत म्याग्दीमा डाँकाचोरी मुद्दा दर्ता गरिएको छ । गत फागुन ३ गते बाबियाचौर गाविस-३ खुम्ल्याहका नरबहादुर गुरुङको घरमा भएको चोरी घटनामा संलग्न भएको अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको हो । गुरुङको घरबाट नकाव लगाएका हतियारधारी समूहले १० तोला सुन र दुई लाख ५० हजार रुपैयाँ लुटेका थिए ।
लुटपाटमा संलग्न माओवादीका जिल्ला सेक्रेटरी किसान, उनका पूर्व अंगरक्षक कमल किसान, बसन्त रोका र नोकबहादुर रोका लगायत विरुद्ध प्रहरीले मुद्धा दर्ता गरेको हो । यसैगरी माओवादी कार्यकर्ताहरु नरबहादुर जुग्जाली, कलबहादुर जुग्जाली, मनबहादुर किसान, दीपेश पुन र राजु रन्तिज विरुद्ध पनि प्रहरीले डाँकाचोरी मुद्दा दायर गरेको छ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com