कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बन्द रहेको बलेवा बिमानस्थललाई अल्ट्रालाईट फ्लाईट सेन्टरको रुपमा बिकास

दुई दशक देखि बन्द रहेको बलेवा बिमानस्थललाई पर्यटक चढ्ने अल्ट्रालाईट फ्लाईट सेन्टरको रुपमा बिकास गरिने भएको छ ।पर्वतको सदरमुकाम कुस्माबजार संगै जोडिएको बागलुङको बलेवा बिमानस्थललाई प्रयोगमा ल्याउन अल्ट्रालाईट फ्रलाइट सेन्टर बनाउने प्रकृया शुरु भएको हो ।
पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिब किशोर थापाले पोखरामा एयर ट्राफिक बढेकाले अल्ट्रालाईट उडान र अबतरणका लागि बलेवा संगै चितवनको मेघौली बिमानस्थलमा पनि संभाब्यता अध्ययन भैरहेको जानकारी दिनुभयो ।
बलेवा बिमानस्थलमा तत्काल उडान भर्न नसकेपनि पहाडी क्षेत्रमा रहेकाले एभिया प्लाइट सेन्टर बनाउने र अल्ट्रालाइट चालक तालिम केन्द्र साचालन गर्न सकिने थापाले बताउनुभयो । नेपालमा अल्ट्रालाईट चालक एक जना मात्र नेपाली रहेकाले तालिम साचालन गर्न आबश्यक भएको उहाँको भनाई थियो ।
‘त्यसका लागि बन्द रहेको बलेवा बिमानस्थल उपयुक्त हुन सक्ने देखेर काम अगाडी बढाएका छौ’ उहाँले भन्नुभयो -ु’लेवा र मेघौली मध्ये जुनमा उपयुक्त हुन्छ त्यही काम थाल्छौ ‘अल्ट्रालाइट चालक सहित दुई जना चढेर दृश्याबलोकन गर्नका लागि प्रयोग गरिन्छ । नेपालमा पोखरामा एभिया क्लबले अल्ट्रालाईट सन्चालन गर्दै आएको छ । अल्ट्रालाइट फ्रलाईट सेन्टर बनेमा यस क्षेत्रमा प्रशस्त मात्रामा पर्यटक भित्रीने संभाबना रहन्छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com