कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

‘पाएदेखि बाँचुन्जेल तलब भत्ता खाने सोच माओवादीमा छ-केपी शर्मा ओली


एमाले नेता केपी शर्मा ओलीले सात बुँदे सहमति एमालेले मान्दा पनि नमान्ने र त्यसको कार्यान्वयन पनि नहुने दाबी गरेका छन् ।
सदरमुकाम धादिङवेसीमा शनिबार प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले ओलीले सात बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन नहुने दाबी गरे । ‘सुरक्षा सम्बन्धी मन्त्रालय अहिलेकै अवस्थामा माओवादीलाई दिन मिल्दैन,’ उनले भने ।
ओलीले तोकिएको समयमा संविधान बनाइसक्नुपर्नेमा माओवादीका नेताहरु फेरि संविधान सभाको म्याद थप्नुपर्छ भन्दै हिडेको आरोप लगाए । ‘पाएदेखि बाँचुन्जेल तलब भत्ता खाने सोच माओवादीमा छ,’ उनले भने ।
काम गर्दागर्दै नभ्याएमा मात्र म्याद थप्न उचित हुने भन्दै उनले संविधान बनाउने समय रहुन्जेल काम नगरी वस्ने अनी फेरि समय थप्ने कुरा हाँस्यास्पद भएको बताए ।
सरकारसँग लडाकु कार्यकर्ताको लागि भनेर भत्ता बुझेर माओवादी नेताहरुले मोज–मस्ती गर्ने गरेको आरोप समेत ओलीले लगाए । ४ वर्ष देखि शिविरमा रहेका देशका जागरुक युवाहरुलाई झुट्टा आश्वासन दिएर, भ्रम फैलाएर, क्रान्तिको हल्ला गरेर उनीहरुलाई हतियार बनाएर राज्यले दिएको तलब पार्टीले बुझेर लिने र रासनको लागि दिएको रकम समेत पार्टीले खटाइ माथिल्लो तहका सुबिधाभोगी नेताहरुले खाने गरेको उनको आरोप थियो ।
ओलीले माओवादीको व्यवहार गोरुसरह भएको टिप्पणी गरे । ‘गोरुले किन घ्याच्च हान्छ किनभने बोल्न जान्दैन,’ उनले भने, ‘माओवादी पनि त्यस्तै छ, मनपरेन भनेर गोरुले झै फरक विचार राख्नेलाई घ्याच्च हाल्ने, हात खुट्टा भाँची हाल्ने, टाउको फुटाइ हाल्ने ।’

No comments:

Post a Comment

kushmabajar.blogspot.com