सशस्त्र द्वन्दकालमा ग्रामीण क्षेत्रबाट विस्थापित भएको नेपाल बैंक लिमिटेड बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पुर्नस्थापित हुने भएको छ ।
ग्रामीण क्षेत्रका जनतालाई सेवा र सुविधा दिने उद्देश्यले खुलेको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड जिल्लाको बुर्तिवाङ बजारमा राख्ने राष्ट्र बैंकले निर्णय गरेपछि चैत महिनाको अन्तिम साता देखि शाखा पुर्नस्थापित गर्ने तयारी भैरहेको शाखा प्रबन्धक प्रदिप पाठकले बताउनुभयो ।
नेपाल बैंकको पुर्नस्थापना पछि बागलुङ जिल्लाको पश्चिम क्षेत्रको १६ गा।वि।स। र गुल्मी जिल्लाका ४ गाविसका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
अहिले सो क्षेत्रमा सरकारी बैंक नहुँदा त्यस क्षेत्रका जनता सानो भन्दा सानो रकम लिनको लागि पनि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता छ । सरकारले बुर्तिवाङ क्षेत्रमा बैंकको शाखा पुर्नस्थापित गर्न शाखा प्रबन्धक समेत खटाइएको र अहिले बैंकको लागि घर खोज्ने काम समेत भईसकेको छ ।
माओवादी शान्ति प्रकि्रयामा आइसकेपछि द्वन्द्धकालमा विस्थापित भएका बैंक पुर्नस्थापना गर्न त्यस क्षेत्रका जनताले माग गर्दै आएका थिए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com