कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतको वार्षिक साधारण सभा सम्पन्न

लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतको वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०११/१२ का लागि इन्द्रकुमार जोशी अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचीत गरेको छ । क्लवका पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष बसन्तकुमार कर्माचार्य प्रथम द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः दिनेश अधिकारी कमलनाथ शर्मा र बसन्तकुमार जोशी सचिवमा निर्मल विश्वकर्मा कोषाध्यक्षमा हिमवहादुर पौडेल क्षेत्री मेम्वरशीप डाइरेक्टरमा तेजनाथ पौडेल आँखा शिविर डाइरेक्टरमा गणेशमान श्रेष्ठ टेमरमा कृष्णप्रसाद श्रेष्ठ टेलटुइस्टरमा देब शर्मा महिला कार्यक्रम डाइरेक्टरमा मानकुमारी गिरी र डाइरेक्टरहरुमा लक्ष्मीकान्त आचार्य विषमकुमार श्रेष्ठ र मधुसुदन उपाध्यायलाई निर्विरोध निर्वाचित गरेको छ ।
क्लबका अध्यक्ष बसन्तकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष काशीकुमार जोशी संस्थापक सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य दुर्गाप्रसाद श्रेष्ठ पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा प्रथम उपाध्यक्ष इन्द्रकुमार जोशी तृतीय उपाध्यक्ष कमलनाथ शर्मा सचिव विषमकुमार श्रेष्ठ र कोषाध्यक्ष निर्मल विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्लबले यस वर्ष फलेबास हुवास र शिवालयमा गरी ३ वटा निःशुल्क आँखा शिविर आयोजना गरी करिब १ हजार जना आँखाका रोगीहरुको उपचार गरेको छ भने ५० जना मोतियाबिन्दुका विरामीलाई हिमालयन आँखा अस्पताल पोखरामा लगि निःशुल्क आँखाको अपरेशन गराएको छ ।
त्यस्तै जिल्लाको देउराली गाविसको वडा नंं २ र ३ मा ग्रामिण शौचालय परियोजना साचालन गरि ३५ वटा शौचालयको निर्माण गरेको छ भने ७३डठठटसवील चेयर वितरण विद्यालयलाई युरोगाड क्म्प्यूटर र पि्रन्टर वितरण अपाङ्ग र दृष्टीविहिनलाई सहयोग रक्तदान कार्यक्रम जस्ता विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
साधारणसभाले संस्थापक अध्यक्ष काशीकुमार जोशीलाई डिष्ट्रिक्टको रिजन चेयरम्यानमा मनोनयनका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ ।
लायन्सको राष्ट्रिय संगठन डिष्ट्रिक्ट ३२५ बीको यस वर्षको राष्ट्रिय महाधिवेशन नेपालगाजमा यही चैत्र १९ गते आयोजना हुदैछ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com