म्याग्दीको वावियाचौर गाविसको वडा नम्वर ८ दरुङ गाउँलाई मदिरा निषेधित क्षेत्र घोषण गर्ने तयारी भएको छ । गाउँमा विभिन्न मदिराजन्य पदार्थको प्रयोग गर्ने र गराउनेको संख्यामा वुद्धि हुनथालेपछी गाउँलेहरु यो भियानमा लागेका हुन ।दलीत समुदायको जनसङख्या उच्च गाउँलाई आगामी चैत्र २८ गते मदिरा निशेधित क्षेत्र घोषण गरीने भएको छ । दरुङ गाउँलाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागी गम वहादुर किसानको अध्यक्षतामा एक समिती गठन गरिएको छ । जस्को उपाध्यक्षमा वल वहादुर किसान सचिव कुमार किसान कोषाध्यक्ष धन वहादुर विक र सहसचिवमा दुर्गा किसान रहनुभएको छ ।
गाविसको करीव ९० प्रतिशत दलीत समुदाय भएको दरुङ वस्तीलाई मदिरा निशेधित क्षेत्र घोषण भएपछी गाउँको सामाजीक वातावरणमा सघाउ पुग्ने अपेक्षा गरीएको छ । जम्मा २७ परीवारमध्ये ३ घर गैर दलित र अन्य सवै दलित समुदायको रहेको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com