कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीको ताकमका कृषकहरूले च्याउ खेती सुरु


म्याग्दीको ताकमका कृषकहरूले च्याउ खेती सुरु गरेका छन् । कृषि सेवा केन्द्र ताकमको प्राबिधिक सहयोगमा पहिलोपटक च्याउ खेती गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय, म्याग्दीले कृषकलाई च्याउका बिरुवा उपलब्ध गराएको छ । पहिलो चरणमा निशूल्क रूपमा सोमबार ४० सेट केन्य च्याउ बितरण गरिएको केन्द्रका प्रमुख केशबराज बरालले बताउनुभयो । ताकम कृषि सेवा केन्द्रले कृषकलाई हालै च्याउ खेती सम्बन्धि तालीम दिएको थियो ।
४० जना कृषकलाई एक/एक सेट च्याउको बिउ वितरण गरिएको बरालले बताउनुभएको छ । ‘च्याउ खेती गर्न कृषक निकै आकषिर्त भएका छन्, धेरै माग आएको भएपनि पहिलोपटक भएकाले निश्चीत मात्रामा वितरण गरेका हौ’ बरालले भन्नुभयो ‘अहिले गरिएको च्याउ खेती सफल भए बिस्तार गर्ने योजना छ ।’
सेवा केन्द्र प्रमुख बरालका अनुसार आगामी बैशाख २१ देखि २५ सम्म ताकममा हुने धौलागिरी पर्यटन महोत्सवलाई लक्षित गरेर च्याउ खेती सुरु गरिएको हो । पर्यटन महोत्सवमा गाउँमा आउने निम्तालुलाई च्याउ चखाउने योजना रहेको स्थानीय कृषकहरूले बताएका छन् ।
खेती गरेको १८ देखि २२ दिनमा उम्रने केन्य च्याउ ४५ दिनपछि उपभोग गर्न योग्य हुन्छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रमा केही समय यता च्याउ खेती गर्दै आएका कृषकहरूले राम्रो आम्दानी गर्दै आएका छन्

No comments:

Post a Comment

kushmabajar.blogspot.com